×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले आजदेखि सेयर कारोबारमा तीन नयाँ नियम व्यवस्था लागू गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेले आजदेखि सेयर कारोबारमा तीन नयाँ नियम व्यवस्था लागू गर्ने

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

नयाँ आर्थिक वर्ष २०७८/७९ शुरु भएसँगै दोश्रो बजारमा आईतबार पहिलो कारोबार हुँदै छ । आज साउन ३ गते देखि नै विभिन्न तीन नयाँ नियम लागू हुने सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज नेप्सेले जनाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा सरकारले गरेको व्यवस्थालाई कार्यान्वयन गर्दै नेप्सेले आजदेखिको सेयर कारोबारमा तीन नयाँ नियम व्यवस्था लागू गर्ने भएको हो ।

जसमध्ये आजैदेखि प्रिओपन सेसनको कारोबार सीमा घटेर लागू हुने भएको छ । नियामक निकायले नियमित कारोबार हुनुभन्दा अघि अर्थात प्रिओपन सेसनको कारोबार सीमा घटाएर २ प्रतिशतमा झारेसँगै नेप्सेले आजदेखि कार्यान्वयनमा ल्याउन लागेको हो ।

यससँगै उक्त समयमा कारोबार गर्ने लगानीकर्ताले अधिकतम २ प्रतिशत मात्रै घटबढ भएर धितोपत्र किनबेच गर्न पाउने छन् । यसअघि उक्त सीमा अधिकतम ५ प्रतिशत रहेको थियो । यो नयाँ व्यवस्था कार्यान्वयन पश्चात सेयर मूल्यमा भइरहेको अस्वभाविक उतारचढाव न्युनिकरण भई प्रिओपनको कारोबार थप व्यवस्थित हुने बोर्डले जनाएको छ ।

अर्को, बजारमा कारोबार हुँदाको मूल्य परिवर्तन सीमा पनि घटेर आजैदेखि लागू हुँदै छ । न्युनतम मूल्य परिवर्तन एक रुपैयाँ रहेको उक्त सीमा घटेर १० पैसामा झरेको छ । यससँगै लगानीकर्ताले कुनैपनि धितोपत्र किनबेचमा न्युनतम एक रूपैयाँको मोलमोलाई न्युनतम १० पैसामा गर्न पाउने भएका छन् । न्युनतम मूल्य परिवर्तन सीमा १० पैसाँ हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ ।

त्यसैगरी, पुँजीगत लाभकरमा पनि नयाँ व्यवस्था लागू भएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि पुँजीगत लाभकर न्युनतम ५ प्रतिशत र अधिकतम ७.५० प्रतिशत लागू गर्ने व्यवस्था गरेसँगै आजदेखिको कारोबारमा उक्त व्यवस्था लागू हुने भएको छ ।

यो व्यवस्थासँगै, अल्पकालीन लगानीकर्ता अर्थात ३६५ दिनसम्म सेयर होल्ड गर्ने ले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ । र, त्यो भन्दा बढी अवधि होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत नै लाभकार तिर्नुपर्ने छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: