×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सरकारलाई नेप्सेले गर्यो स्वागत, १६.३४ अंकले बढेको बजार २८७१.०३ विन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ सरकारलाई नेप्सेले गर्यो स्वागत, १६.३४ अंकले बढेको बजार २८७१.०३ विन्दुमा

Artha Sarokar

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली कांग्रेस सरकारमा आएसँगै नेप्सेले स्वागत गरेको छ । सोमबार भारी अंकको गिरावट आएको बजारमा आज शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेप्सेको हरियो अंकले स्वागत गरेको ।हो । आज बजार १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको १ करोड २३ लाख ४८ जार ३८९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५४ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । यस कम्पनीको ४५ करोड ४७ लाखमाथिको सेयर कारोबार भएको छ । आज लाइफ इन्स्योरेन्सबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी