काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार पनि नेप्से बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९४ बिन्दुमा पुगेको छ । इन्ट्रा डे कारोबारमा भने नेप्से ३११३ विन्दु आसपाससम्म पुगेको हो । नेप्सेको यो अंक अहिलेसम्मकै उच्च हो । यद्यपि बजार बन्द बेलामा भने नेप्से ३१ सय बिन्दु तल आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३८ करोड ५३ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज ४ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन् भने पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस्तै आज बिमा, होटेल तथा पर्यटन समूहमा चमक आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्