×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबीएल एस क्यापिटलले ल्यायो लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईबीएल एस क्यापिटलले ल्यायो लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना

Artha Sarokar

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको छ ।
यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५०% छुट पनि दिइनेछ र यसका साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुप्रै सुबिधा दिइने बताएका छन् ।
थप जानकारीको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com  तथा मुख्य कार्यलय (फोन नम्बर :- ०१४४२५२८०) मा सम्पर्क गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी