×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता, कर्पोरेट पेरोल एसआईपी अन्तर्गत व्यवस्थित लगानी गर्ने योजना

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता, कर्पोरेट पेरोल एसआईपी अन्तर्गत व्यवस्थित लगानी गर्ने योजना

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपाल प्रा.लिबीच सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा के.फ.सी. पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लिबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डको ‘कर्पोरेट पेरोल एसआईपी ‘ अन्तर्गत व्यवस्थित लगानी योजनाको लागि सम्झौता भएको छ ।
उक्त सम्झौतामा देवयनी इन्टरनेशनल नेपाल प्रा.लि.का तर्फबाट कम्पनिका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७८ असार १५ गते मंगलबारका दिन हस्ताक्षर गरेका हुन् । यस योजना अन्तर्गत देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको (SIP) अन्तर्गत लगानी गर्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: