×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा ट्रान्सफर्मेसन अफ ट्रान्सफर्मेसन राइडर्स विषयक कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा ट्रान्सफर्मेसन अफ ट्रान्सफर्मेसन राइडर्स विषयक कार्यक्रम सम्पन्न

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले Transformation of Transformation Riders विषयक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा देशभरीकै प्रदेश प्रमुख, प्रदेश उप-प्रमुखहरुको सहभागितामा Transformation of Transformation Riders विषयक कार्यक्रम साउन ९, १० र ११ गते सम्पन्न गरेको हो ।

नयाँ आर्थिक बर्ष २०७८/७९ को रणनीति, पञ्च वर्षीय योजना, व्यवसाय प्रबर्धन, क्षमता अभिबृद्धि, जोखिम व्यवस्थापन, डिजिटलाइजेसन, आन्तरीक लेखा परिक्षणका कैफियत सुधार, भाखा नाघेका कर्जा व्यवस्थापन, कानुनी व्यवस्था, मानब व्यवस्थापन तथा सम्पति व्यवस्थापन विषयमा संस्थाका कार्यकारी प्रमुख लक्ष्मण चालिसे सम्पूर्ण विभागिय प्रमुखलगायत अन्य सम्बन्धित कर्मचारीहरुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको समापन मन्तव्यको क्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृतले संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको, विपन्न तथा सीमान्तकृत वर्गका जनताहरुको आय-आर्जन, स्वरोजगार, जीवीकोपार्जन र सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने संस्थागत र व्यवसायिक लक्ष्य लिई विभिन्न शाखा कार्यालयहरुमार्फत विपन्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन आर्थिक गतिविधिका साथै वित्तीय साक्षरता र सामाजिक विकासका विभिन्न कार्यक्रमहरु महत्वका साथ संचालन गर्दै आइरहेको बताउदै संस्था स्थापनाको ४ बर्ष पुरा गरी ५औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सम्पूण कर्मचारीहरुलाई उच्च मनोबलका साथ सकारात्मक भई कार्य गर्न निर्देशन दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: