×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खातामा रकम नभएको जानी-जानी मुक्तिनाथ विकास बैंकको चेक दिने महिला पक्राउ, ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

खातामा रकम नभएको जानी-जानी मुक्तिनाथ विकास बैंकको चेक दिने महिला पक्राउ, ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना

Artha Sarokar

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दा फरार रहेकी एक प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सो मुद्दामा बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया निता भण्डारीलाई आज पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी मुक्तिनाथ विकास बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर उच्च अदालत पाटनले गरेको हो । उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको फैसलाले भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो ।
उनलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी