×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंक र फुडमाण्डुबीच सम्झौता, विद्युतीय भुक्तानी गरी सामान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंक र फुडमाण्डुबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी सामान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने सम्बन्धी उक्त सम्झौता भएको हो ।
बैंकले ग्राहकहरूलाई घरमै बसी आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५०० सम्म क्यास ब्याक प्रदान गर्ने भएको छ ।
छुट सम्बन्धि थप जानकारीको लागि एनएमबि बैंकको वेवसाईट एनएमबि भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: