- अर्थसरोकार संम्वाददाता
काठमाडौं । एनएमबि बैंक र समाज कल्याण परिषद् बीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ । उक्त समझदारी साउन १ गते भृकुटीमण्डपको प्रदर्शनी कक्षमा भएको हो । यससँगै समाज कल्याण परिषदमा आवद्ध भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु (एनजीइओ आईएनजीओ ) र सबै सदस्यहरुले समाज कल्याण परिषदलाई तिर्नु पर्ने सम्पुर्ण भुक्तानीहरू विद्युतीय प्रणाली अनलाइन मार्फत गर्न सकिनेछ ।
कार्यक्रममा एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगद सहितबाट नगद रहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मुल्यवान ग्राहकलाई डिजीटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैसे गर्ने उद्देश्य रहेको बताए ।
समाज कल्याण परिषद् अन्तर्गत आवद्ध भएका भृकुटीमण्डप परिषर भित्रका २ हजार सदस्यहरु लगायत ५० हजार भन्दा बढी एनजीओ र २०० भन्दा बढी आईएनजीओले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको छ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्