×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंक र बिगमार्टबीच सम्झौता, सामान खरीद गर्दा २५ प्रतिशतसम्म छुट पाईने

काठमाडौं । एनएमबि बैंक र बिगमार्टबीच सम्झौता भएको छ । बैंक र बिगमार्टबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता भएसँगै बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले बिगमार्टबाट सामान खरीद गरी ईएनएमबि मोबाईल बैंकिङबाट भुक्तानी गर्दा ३ सय रुपैयाँसम्मको छुट पाउने भएका हुन् ।

ग्राहक तथा कर्मचारीले बुधवार र शनिवार बिगमार्टबाट फलफूल तथा तरकारी सामान खरीद गर्दा उक्त छुट पाउने भएका हुन् ।  बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: