- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृतमा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो ।
जससँगै उनले साउन १ गते देखि नै लागू हुने गरी संस्थाको जिम्मेवारी सम्हाल्ने छन् । उनी संस्थाको नायव महाप्रबन्धक पनि हुन् । संस्थाका सीईओ श्रीजेश घिमिरेको कार्यकाल सकिएसँगै समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । सीईओ घिमिरेको कार्यकाल असार ३१ गतेदेखि सकिएको थियो ।