काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा थप कडाइ गरेको छ । राष्ट्र बैंकले आज एकीकृत निर्देशनलाई संशोधन गर्दै लघुवित्त संस्थाहरुको लाभांश वितरणमा थप कडाइ गरेको हो ।
राष्ट्र बैंकले २०% भन्दा बढि लाभांश वितरण गर्न निरुत्साहित गर्दै नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअमुसर नगद र बोनससहित २०% भन्दा बढि लाभांश प्रस्ताव गर्ने लघुवित्तले लाभांशको ५०% हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।
यता खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पूँजीको ५% भन्दा कम भएका लघुवित्तले कर प्रयोजनका लागिबाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।


