Skip to content
LAXMI SUNRISE BANK

२४ घण्टाभित्र बैंकको सिस्टम ह्याक गर्ने चेतावनीपछि बोल्यो राष्ट्र बैंक – भन्यो ‘अहिलेसम्म सबै बैंकको प्रणाली सुरक्षित छ’

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंकको प्रणाली सुरक्षित रहेको बताएको छ । राष्ट्र बैंकसहित १६ बैंकको फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंकले अनुसन्धान अघि बढेको र अहिलेसम्म सबै बैंकको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेसम्म सबै बैंक ठिक पाएको र यस्ता धम्कीहरुबाट सचेत रहनुपर्ने भन्दै कसैलाई पनि नडराउन नहुन आग्रह गरेका छन् ।
ह्याकरहरुले इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाम उल्लेख गरी  २४ घण्टाभित्र ह्याक गर्ने चेतावनी दिएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK