
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएकोदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा सडक पूर्ण रुपमाअवरुद्ध भएपछि अलपत्र परेका यात्रु र सवारीसाधनसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
निरन्तरको बर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ । १६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटिय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ । असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनहरुसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची¬ वडा नं ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिनुभयो । खोलाको मात्रा बढिरहेको छ । अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ दनुवारले भन्नुभयो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा सडक पूर्ण रुपमाअवरुद्ध भएपछि अलपत्र परेका यात्रु र सवारीसाधन । बाढीले डाइभर्सन बगाउँदा सडक पूर्णरुपमा अवरुद्ध भएपछि राजमार्गमा सवारी साधनको लामो लाइन लागेको छ ।
निरन्तरको बर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ । १६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा लटरम्म फलेका आँप । केही दिनदेखि भएको वर्षाले यहाँ फलफुल खेतीमा सामान्य क्षति पुगेको छ ।
अविरल वर्षाका कारण पहिरो आएर अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने तिकराङमा पहिरो हटाइँदै । पहिरो हटाएपछि राजमार्गमा सवारी साधन चलेका छन् ।
समुन्द्र समतह देखि चार हजार ४०० मिटर उच्चाईमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा गाउँबाट चीनले राहत दिएको खाद्यान्न लिन टिप्ताला नाका जानका लागि याक तयारी गर्दै । हिमाली क्षेत्रमा याकमार्फत ढुवानी गर्दै आएको छ ।
ललितपुरको खोकनाबाट धान रोपेपछि देखिएको हरियाली फाँट ।
विलिभर्स ईस्टर्न चर्च नेपालद्वारा सहयोग गरिएका वीरेन्द्रनगर नगरपालिका– ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादीलगायत १४५ घरधुरीलाई बुधबार चामल प्रदान गर्दै वडाध्यक्ष नन्दलाल शर्मासहित वडा सदस्यहरु ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper















प्रतिक्रिया दिनुहोस्