
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले गुल्मीको इस्मा गाउँपालिका –६ अमरपुरका किसान धान रोप्न अस्तव्यस्तदेखि समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङ्मा तथा त्यस आसपास क्षेत्रका गोठमा याकका बाछालाई खोले खुवाउन तयारी गरिँदैसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
गुल्मीको इस्मा गाउँपालिका –६ अमरपुरका किसान धान रोप्ने क्रममा ।
समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङ्मा तथा त्यस आसपास क्षेत्रका गोठमा याकका बाछालाई खोले खुवाउन तयारी गरिँदै ।
समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङ्मा तथा त्यस आसपास क्षेत्रका गोठमा याकका बाछालाई खोले खुवाउन तयारी गरिँदै ।
समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङ्मा तथा त्यस आसपास क्षेत्रका गोठमा याकका बाछालाई खोले खुवाउन तयारी गरिँदै ।
ताप्लेजुङ जिल्लाकै उच्च बस्ती फक्ताङलुङ गाउँपालिका—७ याङमा आयोजित छलफलमा गाउँका याक गोठालाका समस्याका विषयमा कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका कर्मचारीसँग सरोकार पक्ष ।
दाङको तुलसीपुरको मदन–आश्रित चोकमा जेब्राक्रसिं रेखाङ्कन गरिँदै । दुर्घटना न्यूनीकरण गर्ने अभियानमा युवा सक्रिय भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालबाट आरन व्यवसायीलाई यन्त्र प्रदान ।
दिक्तेल बजारको परियार एकता समाजलाई नौमतीबाजा प्रदान गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल । नगरपालिकाको चौथो स्थापना दिवसका अवसरमा पाँच विधाका लक्षित वर्गलाई नगरपालिकाले जीवनोपयोगी सामग्री प्रदान गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper















प्रतिक्रिया दिनुहोस्