×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : धरानमा लाग्यो तरकारी खरिद-बिक्री गर्नेको भिड, भरिएको खोलाबाट मोटरसाइकल पार गराउँदै युवा

PRIME CA

देश बोल्ने फोटो कथा : धरानमा लाग्यो तरकारी खरिद-बिक्री गर्नेको भिड, भरिएको खोलाबाट मोटरसाइकल पार गराउँदै युवा

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले धरान–३ स्थित चिनियाँ चोकको तरकारी बजारमा क्रेता र बिक्रेताको भीडदेखि मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीका मालिका र इस्मा गाउँपालिकाकाबीचमा पर्ने घमिर खोलामा मोटरसाइकल पार गराउँदै युवासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
धरान–३ स्थित चिनियाँ चोकको तरकारी बजारमा क्रेता र बिक्रेताको भीड । 
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीका मालिका र इस्मा गाउँपालिकाका बीचमा पर्ने घमिर खोलामा मोटरसाइकल पार गराउँदै युवा ।  नदी पार गर्न पुल नभएकाले स्थानीयवासी समस्या छन् ।

चितवन राष्ट्रिय निकुञ्जका बीचमा रहेको माडीको परुई खोला किनारमा बसेको चेपाङ बस्ती । केही वर्षअघि उनीहरुलाई कुसुम खोलाबाट सारेर परुई खोला किनारमा लगेर राखिएको थियो ।
तनहुँको म्याग्दे गाउँपालिका–४ अकलास्थित राजमार्गमा म्याग्दे खोला । बुधबार रातिदेखि परेको वर्षाले खोला बढेपछि राजमार्ग अवरुद्ध भएको छ ।
लमजुङ बेँसीशहर नगरपालिकाका किसान रोपाइँका लागि खेत जोत्दै  । समयमै पानी परेकाले जिल्लाका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । 
सुदूरपश्चिम प्रदेश प्रमुख गङ्गाप्रसाद यादवबाट बिहीबार घोडाघोडी क्षेत्र अवलोकन । 
ताप्लेजुङको मैवाखोला गाउँपालिका —१ तेलाबुङ गाउँका किसान धन रोपाइँका लागि तयारी गर्दै ।  पालिकाले ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने यहाँका कृषकलाई रु ४० हजारका दरले पुरस्कार दिँदै आएको छ ।
धनगढीको मोहना – अत्तरिया छ लेन सडकअन्तर्गत गेटा नजिकै छाडा पशुचौपाया ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: