काठमाडौं । नेपाली पूँजीबजारमा अग्रणी क्यापिटलको रुपमा पहिचान कायम गरेको प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुको वृत्तिविकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिमबिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । श्रावण २ गते शनिबार काठमाण्डौको ग्राण्ड नोर्लिङ्ग होटेल तथा रिसोर्टमा एक्जिओम नेपालको सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममाप्रभु क्यापिटलका ४० कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमकार्यक्रमएक्जिओम नेपालकातर्फबाटप्रशिक्षकश्री इन्द्र बहादुर गुरुङ्गतथा सञ्जिवकाफ्लेले सञ्चालनगर्नुभएको थियो । सो तालिम अन्तरगत कर्मचारीहरुलाई समुह निर्माणका साथै समुहको महत्व एवं समुहको भ्यालुका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइण्डसेटका कसरी कार्य गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको अन्त्यमा क्यापिटलका प्रबन्ध निर्देशक श्री दिनेश थकालीले कर्मचारीहरुलाई नयाँआर्थिक वर्षका लागिकम्पनीले लिएको लक्ष्यका साथै कम्पनीको आगामी कार्य दिशाको बारेमा जानकारी दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्