×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु पे डिजिटल वालेट र फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता, प्रभु पेमार्फत भुक्तानी गर्दा आकर्षक अफर पाईने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु पे डिजिटल वालेट र फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता, प्रभु पेमार्फत भुक्तानी गर्दा आकर्षक अफर पाईने

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता भएको छ । हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना/खाजा घरसम्म समयमै पर्यााउने लक्ष्य राखेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु-पे डिजिटल वालेटबाट लस्कर फुड्स मार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ ।

प्रभु पेबाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्र मार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ । त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको ३ पटक कारोबार गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताएका छन् । लस्कर फुड्समा हुने अर्डरहरुमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रुचि प्रभु पे पर्न गएकोले यस्तो आकर्षक अफर ल्याएर ग्राहकहरुलाई प्रोत्साहन गरिएको हो । लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ । जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरुले मःम, बर्गर र विरियानी २ वटा मगाउँदा १ फ्रि प्राप्त गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओस्तीले जानकारी दिएका छन् । सम्झौता भएसँगै प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले लस्कर फुड्ससँग सहकार्य गर्दा खुशी लागेको बताएका छन् ।

साथै प्रभु टेक्नोलोजी अन्तर्गतका विभिन्न सेवा सुविधाहरु (प्रभु टिभी, प्रभु इन्टरनेट, मोमो टिभी) मा लस्कर फुड्सका प्रयोगकर्ताहरुलाई आकर्षक छुट प्रदान गरिने पनि सम्झौता भएको छ । लस्कर फुड्सको काठमाडौंको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रको आधार मापन गरि सञ्चालन भइरहेको छ । हाललाई लस्कर फुड्सले खाना, खाजाको डेलिभरी चार्ज नलिने बताएको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप) बाट आफूलाई मनपर्ने खाना खाजा मगाउन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् । कार्यालयको सम्पर्क नम्बर ०१-४७००५५३/५४, ९८०१३०६९२६ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: