
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सामाजिक सुरक्षा कोष योजनाविरुद्ध प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित भएका छन् । आज केन्द्रीय कार्यालयमा कालो ब्यानरमा आफ्ना मागहरु राखेर कर्मचारीहरुले कोषविरुद्ध प्रदर्शन गरेका हुन् । प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी युनियनका अध्यक्ष हरि बहादुर खड्काले उक्त जानकारी दिएका हुन् ।
सामाजिक सुरक्षा योजनामा जाँदा खाइपाई आएको सेवा सुविधा घट्ने र लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएको आन्दोलनको विकल्प नभएको उक्त ब्यानरमा उल्लेख गरिएको छ । आईएललो अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको Right to Organize and Right to Collective Bargaining गर्न पाउने हक रहेको तर सो हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले उनीहरुले त्यसको विरोध गरेको बताए ।
यस्तै नेपाल वित्तीय संस्था कर्मचारी संघ(FIEUN) ले विगत २ बर्ष देखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधीमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएको पनि ब्यानरमा उल्लेख गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्याला/पारिश्रमिकबाट बञ्चित बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेकाले विरोध गरिएको गरेको युनियनले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्