Skip to content
LAXMI SUNRISE BANK

प्रोग्रेसिभ फाइनान्सको नयाँ शाखा सर्लाहीको बरहथवा नगरपालिकामा, जनताको घरदैलोमा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरुवात गरेको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजि रहेको यस वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछ । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिनेछ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९-को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले बरहथवा नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एटीएम, मोबाइल बैंकिङ, इ-बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैंैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप पाँच वटा शाखा तथा दुईवटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK