काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले जनकपुर र पाँचखालमा नयाँ शाखा संचालनमा ल्याएको छ । संस्थाले जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मति प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा नयाँ शाखा संचालनमा ल्याएको हो ।
जससँगै संस्थाले अब १३ वटा शाखाहरु तथा ५ वटा एक्स्टेन्सन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह गर्नेछ । संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड -१९ को महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाहरुले जनकपुर तथा पाँचखालका नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाहलगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने बताए ।
यस्तै एटिएम, मोबाइल बैंकिङ, इ-बैंकिङ, कनेक्ट आइपीएसलगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिट्यान्स सेवाहरुको प्रवाह गरिरहेको यस संस्थाले छिटै शाखारहित बैकिङ सेवा पनि सञ्चालन गर्ने योजना बनाएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले बताए । संस्थाले केही दिनभित्र नै थप ३ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी वित्तीय कारोबार गर्ने पनि जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्