×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको फेक पेज बनाएर कसले गर्दैछ ठगी ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै कुनैपनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।
बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आब्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।
“हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको व्यहोरा सबैलाई जानकारी गर्न चाहान्छौं”, विज्ञप्तिमा भनिएको छ । अनाधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गराउनेलाई साइबर अबराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैंकले जनाएको छ ।
यसअघि बुधबार नेपाल बैंकर्स सङ्घले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: