Skip to content
LAXMI SUNRISE BANK

ह्याकरको निशानामा राष्ट्र बैंकसहित १६ बैंक, राष्ट्र बैंकका प्रवक्तालाई फोनबाटै आयो यस्तो धम्की, बैंकहरुमा उच्च सुरक्षा

अर्थ सरोकार

काठमाडौं । नेपालको बैंकिङ क्षेत्र बेला-बेलामा ह्याकरको निशाना परिरहन्छ । कहिले चिनियाँ ह्याकर त कहिले अन्य विदेशी तथा स्वदेशी ह्याकरको निशानामा बैंकहरु पर्छन् । केहि समयअघि पनि नेपाली बैंकका एटिएमहरु ह्याक गर्ने ठुलै चिनियाँ ह्याकरको समूह मोटो रकमसहित काठमाडौँबाट पक्राउ परेको थियो ।
यसैगरी अहिले पनि नेपालको बैंकिङ क्षेत्र ह्याकरको निशानामा परेको छ । कुरा आजै बिहान ७ बजेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको फोनमा नचिनेको अन्तर्राष्ट्रिय कल आउँछ ।  ढकालले सो कल उठाउँछन्  र यताबाट बोल्न नपाउदै उताबाट ‘योर सिस्टम ह्याज बिन ह्याक्’ भनेर फोन काटिन्छ ।
यसो त अघिल्लो दिन नै ह्याकरले पठाएको पत्र भन्दै बैंकिङ क्षेत्रमा ‘भाइरल’ भइसकेको थियो । फोन आएपछि भने ढकालले हतारहतार आफ्नो आइटी (सूचना प्रविधि) विभागलाई फोन कलका बारेमा बताए । यता पत्रमा नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की थियो । नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम सो पत्रमा उल्लेख छ ।
पत्र रुसको डोमेन प्रयोग गरेर पठाइएको बताइएको छ । सो पत्रमा बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने कुरालाई ‘मजाक’ को रुपमा नलिन पनि सचेत गराइएको छ । नाम उल्लेख भएका बैंकहरुले भने २४सै घण्टा कर्मचारी राखेर  प्रणालीमा उच्च सुरक्षा दिएरहेका छन् । यता राष्ट्र बैंकले सबैलाई सचेत हुन आग्रह छ र अनुसन्धान पनि अघि बढाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK