×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता, सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने उद्देश्य

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता, सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने उद्देश्य

Artha Sarokar

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालबीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि युनडिपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीहरुलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले बैंक खाता मार्फत भुक्तानी गर्न छ ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरुमध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहूलियपूर्ण कर्जा लगानी गर्न सकिने बताएका छन् । युएनडिपी नेपालका आवसीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरुलाई युएनडिपीको प्रयास कार्यक्रम अन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनिहरुको जिविकोपार्जनमा सहयोग पुग्ने बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब उपकार्यकरी अधिकृत देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव, युएनडिपी नेपालका सहायक आवसीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगर, लगायतको उपस्थिति रहेको थियो । ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी