काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम मंगलबार विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वर्षिकोत्सवको अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका थिए । वर्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघकाका अध्यक्ष रामप्रसाद जोशीेले कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई रक्तदानको ब्लड ब्याग हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । यस्तै वार्षिकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो । संघले पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा जोडदार आवाज उठाउदै आईरहेको छ ।
यस्तै संघका महासचिव लक्ष्मीप्रसाद पाण्डेले संचालन गरेका रक्तदान कार्यक्रममा ,रक्तदान कार्यकमका संयोजक बद्रीप्रसाद तिमिल्सिना, कार्यकारीणी समितिका पदाधिकारीहरु, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल रा.वा.बैंकका अध्यक्ष गगनसिंह घिमिरे तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, कम्पनी सचिव, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अर्थ सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्