×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आरबीबी मर्चेन्टको ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई बुधबारदेखि बिक्रीमा, १०० इकाईदेखि भर्न सकिने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फन्ड १ को १० करोड इकाई भोलि असार २३ देखि बिक्री गर्ने भएको छ । क्यापिटलले ‘आरबीबी फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १३% कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक र २% इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् भने असार २७ गतेसम्म आवेदन दिन पाइनेछ । आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ६ गतेसम्म खुला रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: