×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री खुला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री खुला

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले ‘आरबीबी म्युचुअल फन्ड १’ को इकाई आज बुधबारदेखि बिक्री खुला गरेको छ । क्यापिटलले ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये १३% कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक र २% इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् भने असार २७ गतेसम्म आवेदन दिन पाइनेछ । आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ६ गतेसम्म खुला रहनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: