
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो ।
१० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रतिदिन २५० र ४० लिटर क्षमताको प्रतिदिन ३७५ रुपैंयामा भाडामा उपलब्ध हुनेछ । त्यसै गरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर प्रतिदिन ५०० रुपैंया र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैंयामा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
आपसी सहमतीमा धरौटी लिएर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।यसका साथै सिलिण्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर ९ हजार ५ सय र ४० लिटरको १४ हजार ५ सय रुपैंयामा उपलब्ध गराउने छ ।
रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा १ घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी दिनेछ । बन्दाबन्दी खुकुलो हुँदै जाँदा रिचार्जरले घर ,अफिस, स्कुल, होटल,अस्पताल वा डोनेसनको लागी थोकमा कोभिड उपकरण चाहिएको अवस्थामा सहजै उपलब्ध गराउने जनाएको छ । यसका लागि दरबारमार्गस्थित रिचार्जरको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्