
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजश्व छलेको अभियोगमा चितवन रत्ननगर-७ को शिवशक्ति खाद्य उद्योगका सञ्चालकसहित तीन जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले उद्योगका सञ्चालक दिनेशकुमार अग्रवाल, सीमा अग्रवाल र थपलिया ट्रेड सप्लायर्सका प्रोप्राइटर रामप्रसाद थपलियाविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
उनीहरूलाई ९ करोड २७ लाख ३७ हजार ५६० रूपैयाँ बिगो माग गरिएको छ। तीनै जनालाई बिगो, बिगो जरिवाना र कैद सजाय माग गरिएको हो । उनीहरूले वास्तविक खरिद-बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश र आयकर छलेको विभागले जनाएको छ । उनीहरुले ६ करोड ८६ लाख ७ हजार २५३ रूपैयाँ र आयकर २ करोड ४१ लाख ३० हजार ३०७ रूपैयाँ छलेको विभागले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्