काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा नाफामा २३१.६७% को छलाङ मारेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ४४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यस अवधिमा ११ करोड ४६ लाख १६ हजार रुपैयाँ कमाएको हो ।
कम्पनीको नाफासहित अन्य सूचकमा पनि आकर्षक वृद्धि भएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले पनि नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ४८.९७% र सञ्चालन नाफा १७६.६२% ले बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ३७ रुपैयाँले बढेर ५५ रुपैयाँ ४९ पैसा (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ १३ पैसा छ । असार मसान्तसम्म आइपुग्दा यस कम्पनीले ३ करोड १ लाख १७ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्