×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई ५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

GLOBAL IME BANK
SHREE KESH

सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई ५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौतारा शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई चौतारा स्थित उपशाखा कार्यालयमै मृत्युदाबी मृत्यू दावी वापतको हस्तान्तरण गरेको हो ।
गत मंसिर ८ गते चौतारा उपशाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङकको सानिमा दम्पती बीमा योजना खरीद गरेका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णु माया तिमल्सिना लाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
यस्तै स्वर्गिय बीमितले ५ लाखको १५ बर्षे सानिमा दम्पती जीवन बीमाा गरेकाले अब बाँकी  १४ किस्ता कम्पनिले तिर्ने र अबधी पूरा भएपछी बोनश र बीमाङक सहित एकमुष्ट रकम फिर्ता गर्ने कम्पनीका ३ नम्बर रिजनल म्यानेजर बलराम खत्री तिमल्सिनाले बताए । स्वर्गिय कृष्ण प्रसाद खनालले प्रथम बीमा शुल्क बापत ५२ हजार ४३३ रुपैया बुझाएका कम्पनिलाइ बुझाएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: