काठमाडौं । सर्वोत्तम सिमेन्टको इन्साडर ट्रेडिङ प्रकरणमा अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई स्पष्टिकरणका लागि मन्त्रालय बोलाएको छ । ढुंगानाले बोर्डमा रहँदा भएर पदको दुरुपयोग गर्दै सर्वोत्तम सिमेन्टको सेयर आफ्नो छोरीको नाममा राखेको पाइएपछि मन्त्रालयले उनलाई स्पष्टिकरणका लागि बोलाएको हो ।

मन्त्रालय स्रोतका अनुसार उनले कानुन विपरित सर्वोत्तम सिमेन्टको सेयर हत्याएको र अख्तियारमा पनि उनले गरेको भ्रष्टाचारबारे उजुरी रहेको तथ्य बाहिर आएपछि उनलाई मौखिक स्पष्टीकरणका लागि बोलाइएको हो । सरकार परिवर्तन भएका बेला उनलाई गरिएको यो बोलावटलाई महत्वका साथ हेरिएको छ ।
यसअघि पनि उनका चलखेलका थुप्रै विषय बाहिर आइसकेका छन् । यहि कारण पनि मन्त्रालयले ढुंगानाका गतिविधिमाथि सुक्ष्म नजर राखिरहेको चर्चा चलिरहेको थियो । खुलेआम गलत काम गरेको तथ्य बाहिरिएपछि अव उनलाई बर्खास्त गर्ने वा नगर्ने भन्ने विषयमा बुझ्न पनि औपचारिकता निभाउनका लागि उनलाई मन्त्रालय बोलाइएको चर्चा पनि छ । बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर निष्कासन नहुँदै व्यक्तिगत प्रभावमा परी चलखेल गरेको पाइएपछि अव बोर्डमा उनको कार्यकाल लगभाग सकिएको अनुमान धेरैले गरेका छन् । अध्यक्ष ढुंगानाले नियम कानुनको उल्लङ्घन गरी विदेशमा बस्ने छोरीको नाममा कम्पनीको ११ हजार ९९२ कित्ता सेयर राखेको प्रमाण भेटिएपछि उनको अध्यक्षको कुर्सी नमज्जासँग हल्लिएको हो।
नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ ले ‘बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैन’ भन्ने उल्लेख छ ।
उनलाई लिखित स्पष्टिकरण सोध्ने तयारी भईरहेको अर्थ मन्त्रालय स्रोतको दाबी छ । ढुंगानाले पूँजी बजारको हित विपरित काम गरेको अर्थको ठम्याई छ । अर्थमा ढुंगानाविरुद्द थुप्रै मौखिक तथा लिखित उजुरी परेको पनि बताईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्