×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१८ गतेदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हट्यो यातायात राष्ट्रिय महासंघ, भयो यस्तो सम्झौता (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गते सम्म सरकारको निर्णयलाई कुर्ने भएका छन् । काठमाण्डौ जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा विहिबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा यस्तो सहमति भएको हो । 
असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ती जारी गरि सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फुर्त रुपमा असार १८ गते देखि देशव्यापी रुपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए । 
सोही विषयमा विहिबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सिसिएमसी, मातहततका निकाय, स्वास्थयमन्त्रालय तथा जिल्ला स्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय माग्नुभएको थियो । प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफुहरु तत्कालका लागि १८ गतेदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “जिल्ला प्रशासन कार्यालयले केही समय मागेकाले । सिडिओले मातहतका निकायसंग छलफल गरेर निर्णय गर्छौ भने पछि २१ गते सम्म पर्खिन सहमत भएका हौ । ” अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले छलफलमा २१ ग्ते सम्म सरकारी निर्णयलाई पर्खिने सहमति भएको जानकारी दिनुभयो । २१ गते पनि आफुहरुको पक्षमा निर्णय नभए २२ गते देखि सवै सवारीसाधन सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “सिडियो साहेवले हामीलाई आश्वासन दिनुभएको छ । २१ गतेसम्म निषेधाज्ञाको समय छ । लामो रुटको यातायात खोलने कुरामा सिसिएमसिको कुरा छ । अन्य जिल्लाहरुसंगको सहकार्यको कुरा छ । तपाईहरु पनि सिसिएमसि र मन्त्रालयमा कुरा राख्नुहोस् र २२ गते देखि हामी निर्णय गर्छौ भन्नुभएको छ । त्यो आश्वासन व्यवहारमा लागु गर्नुभएन भने हामी २२ गते बाट पुर्ण रुपमा सवारीसाधनहरु सञ्चालन गछौ । त्यसपछि समस्या आईपर्यो भने त्यसको जिम्मेवार सरकार नै हुन्छ । ”
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञाको विहिबार ६३ दिन पुगिसकेको छ । २५ सिट भन्दा कम क्षमता भएका सवारीसाधन सञ्चालन गर्ने व्यवसायी तथा तीनमा कार्यरत मजदुरले आफुहरुको समस्यालाई सरकारले सम्बोधन नगरेको भन्दै २५ सिट भन्दा धेरै सिट क्षमताका सवारी साधन सञ्चालनका लागि दिएको अनुमतिको विरोध गर्दै आएका छन् । उनीहरुले भोली १८ गते देखि सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: