×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

धितोपत्र बोर्डले दियो चालु आर्थिक वर्षमा सात कम्पनीलाई १४ अर्ब चार करोडको हकप्रद सेयर बिक्रीका लागि अनुमति !

GARIMA BANK AD
BIZBAZAR AD
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।
नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी रु २२ अर्ब पु¥याउने लक्ष्यका साथ एचआडिसिएलले हकप्रद शेयर बिक्री गर्न लागेको हो । बोर्डले कम्पनीलाई रु ११ अर्ब बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । हाल रु ११ अर्ब बराबरको चुक्ता पूँजी भएको कम्पनीले हकप्रद शेयर बिक्री गरेपछि कूल पूँजी रु २२ अर्ब बराबर पुग्नेछ ।
कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारी गरिरहेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो ।
यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई रु ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालु आवमा नै हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो । कोषले रु १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो । यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले रु एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले रु ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।
यस्तै बोर्डले चालु आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई रु २३ अर्ब चार करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएपछि चालु आवमा मात्रै कूल १९ कम्पनी पुगेका छन् । मैलुङ खोलाले रु सात करोड ३६ लाख २८ हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । बोर्डले कूल रु १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।
शुक्रबार आयोजित एक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले नेपालको धितोपत्रको विकास र विस्तारमा अत्यावश्यक रुपमा गरिने सबै कामलाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनुभएको छ । यस आधारमा पनि आगामी दिन धितोपत्र बजारको विकास र विस्तारका लागि झनै सुगम बन्ने विश्वास गर्न सकिन्छ । -रासस
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal