Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंक र सेन्चुरी बैंकको रकम नभएको चेक दिने दुई जना सिआईबीको फन्दामा, कसलाई कति जरिवाना तोकियो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्‍दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठलाई लामाटार ललितपुरबाट र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्‍दै आएका महेन्द्र प्रसाद मिश्रलाई काठमाडौँबाट सो कसुरमा पक्राउ गरेको हो । 
 
उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने मिश्रलाई उच्च अदालत पाटनले २०७६ साल मङ्सिर २२ गते ७ दिन कैद र ५२ लाख जरिवाना सुनाएको थियो ।
पक्राउ परेका दुवै जनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए । बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK