
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकका संस्थापक सेयरधनीले बैंक अन्य बैंकसँग गाभ्न दबाब दिएका छन् । अर्थ सरोकारलाई प्राप्त पत्र अनुसार संस्थापक सेयरधनीले १० वटा बैंकहरूमध्ये एउटासँग सनराइजलाई गाभ्न बैंकका अध्यक्ष मोतिलाल दुगडलाई लिखित दबाब दिएका हुन् । पछिल्लो समय व्यावसायिक प्रतिस्पर्धामा बैंक उत्रिन नसकेको, वित्तीय विवरण सन्तोषजनक नआएको, बैंक प्रोफेसनल रुपमा अघि बढ्न नदिईएको भन्दै उनीहरुले उक्त माग गरेका हुन् ।
उनीहरुले सनराइजलाई एभरेष्ट, हिमालयन तथा इन्भेष्टमेन्ट, नबिल, सिद्धार्थ, एनआईसी एसिया, एनएमबी, ग्लोबल आइएमई, प्राइम कमर्सियल, प्रभू, सानिमा बैंकमध्ये कुनै एक बैंकसँग मर्जमा लैजानु पर्ने दबाब दिएका हुन् । प्राप्त पत्रमा शिवरतन शारडा (शारडा ग्रुप), कैलाशचन्द्र गोयल (गोयल समूह), श्रवणकुमार गोयल, भोगेन्द्रकुमार गुरागाई, शैलेन्द्रकुमार गुरागाई, बच्छराज तातेड (ताडेड समूह), मालचन्द दुगड (टि–एम दुगड सूमह) ले लिखित हस्ताक्षर गर्दै बैंकलाई तोकिएका बैंकमध्ये एउटासँग मर्जमा लैजान अध्यक्षलाई दबाब दिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्