×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : कोशी व्यारेजमा पनि बढ्यो पानीको बहाब, पुल भत्किएपछि जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीको कोशी व्यारेजमा पानीको बहाब बढेको दृश्यदेखि  तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने बेलबासस्थित भत्किएको पुलबाट जोखिमपूर्ण रुपमा यात्रा गरिरहेका सर्वसाधारणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीको कोशी व्यारेजमा बगिरहेको पानीको दृश्य । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । 
तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने बेलबासस्थित भत्किएको पुलबाट जोखिमपूर्ण रुपमा यात्रा गर्दै सर्वसाधारण । बाढीले पुल भत्किएपछि बाँसको फट्टा राखेर वारपार गरिएको छ ।
म्याग्दीको अन्न्पूर्ण गाउँपालिका–१ दोबामा रहेको मह आउने झरना । यस झरनाको पर्यटन विकासका लागि गाउँपालिकाले सडक सञ्जालको पहूँच विस्तार गर्न थालेको छ । 
तनहुँको शुक्लागण्डकी नगरपालिका– १ र २ जोड्ने गुबे खोला माथिको फलामे पुल बगाएपछि स्थानीयले बनाएको काठे साँघुबाट गन्तव्यतर्फ जाँदै एक यात्रु । लगातारको वर्षासँगै बिहीबार पुल बगाएपछि स्थानीयले आवतजावतका लागि काठे साँघु तयार गरेका हुन् । 
व्यास नगरपालिका–१ निर्मलनगरमा उच्च जोखिममा रहेका घरहरु । छाब्दी खोलामा आएको बाढीले घर तलबाट पहिरो जाँदा स्थानीय सीता बिक, यामबहादुर थापा, होमबहादुर थापा, लालबहादुर थापा, राजु घर्ती र राम घर्तीको गरी छ घर उच्च जोखिममा रहेको स्थानीय अम्मर भण्डारीले जानकारी दिनुभएको छ । 
बागलुङ जिल्लाको ताराखोला गाउँ । यसलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न खोजिएका छ । 
रुपन्देहीको गैडहवा गाउँपालिकामा लगाइएका गोरखनाथ जातको धान । 
म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा निर्माण गरेको एकिकृत बस्तीका घर । पहिरोले क्षति पुगेका ३३ मध्य ३१ वटा घर पुननिर्माण गरिएका छन् ।  
पोखरा– ७ जनप्रीय मार्गस्थित  पुस्तक पसलमा नयाँ शैक्षिक सत्र शुरु भएपछी पुस्तक किन्न विद्यार्थी तथा अभिभावकको भीड । 
वर्षाले जोखिम बनेको कालीगण्डकी करिडोर अन्र्तगत पाल्पाको रामपुर नगरपालिका–१ स्थित स्याउली बजार सडकखण्ड । नदीमा पानीको बहाव बढेपछि सडक जोखिममा परेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: