काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से १५.३० अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ५६ लाख ६९ हजार ७ सय ५० बराबरको सेयर कारोबार भएको छ ।
यसपछि नेशनल हाईड्रोपावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा माई हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी,
अरुण काबेली पावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्