- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपिओले न्युनतम प्रतिकित्ता ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना रहेको छ । कम्पनीको आर्थिक वर्ष ७६/७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य ११५ रुपैयाँ १३ पैसाको आधारमा सो रेञ्ज पाउने सम्भावना रहेको हो ।
नेप्से पहिलो कारोबारको लागि कम्पनीकोकिताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज दिने गर्दछ । स्पेसल परि ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोबार हुनुपर्छ । युनियनले असार २४ गतेदेखि २८ गतेसम्म एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । ५ लाख ८० हजार ५०० जना आवेदकले मात्रै १० कित्ताका दरले कम्पनीको आइपिओ पाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्