×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१७ लाख ७० हजार ७३ जनाले भरे यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ, सोमबारसम्म मात्रै आवेदन दिन पाइने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा ४.९१ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिउँसो ३:११ बजेसम्ममा १७ लाख ७० हजार ७३ जना आवेदकबाट २ करोड ८५ लाख २६ हजार कित्ताको लागि आवेदन परेको हो ।
यूनियनले २४ गतेबाट एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले भोलि २८ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: