×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनियन लाइफको आइपीओमा रेकर्ड ब्रेक, २१ लाख ७२ हजारभन्दा बढीको आवेदन पर्दा ३ करोड बढी कित्ता सेयर माग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा २१ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा २१ लाख ७२ हजार ८६८ जना लगानीकर्ताले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन आवेदन भर्ने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको हो ।
कम्पनीको आइपीओमा ५.९१ गुणा बढी आवेदन हो । यद्यपी यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ । यसअघिको जिवन विकास लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका थिए । युनियनले सो तथ्यांकलाई पछि पारेको छ । 
युनियनले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: