×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘आम्दानी छैन, बैंक किस्ता र राजस्व तिर्न सक्दैनौं’ : यातायात व्यवसायी (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्नेलगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
व्यवसायीले यातायातको विमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने पनि माग गरेका छन् । आफुहरुको माग सम्बन्धित सरोकारवाला विभिन्न निकाय समक्ष पटक–पटक राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताउनुभयो । उहाँले सरकारले यातायात व्यवसायीको समस्या समयमै बुझेर सम्बोधन गर्नुपर्ने पनि बताउनुभयो ।
यातायात व्यवसायीले लकडाउनको कारण व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने बताउँदै आएका छन् । धर्नाका क्रममा नारावाजीसमेत गरेका थिए भने आम्दानी छैन बैंक किस्ता र राजस्व तिर्ने छैन, बैंकको ज्यादती बन्द गर, निषेधाज्ञा अवधिभरको विमा पूर्ण रुपमा छुट गर लगायतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: