काठमाडौं । अर्थ मन्त्रालयले अजोड इन्स्योरेन्स कम्पनीमा भएको ‘इनसाइडर ट्रेडिङ’ का बारेमा नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सेबोनमा गत साता पत्र पठाएर कम्पनीमा भएको ‘इनसाइडर ट्रेडिङ’ को अनुसन्धानको अवस्थाबारे सोधेको हो ।
अजोडको सेयरमा ‘इनसाइडर ट्रेडिङ’ भएको पाँच महिनासम्म पनि सेबोनले अनुसन्धानको प्रतिवेदन सार्वजनिक नगरेपछि अर्थले सो विषयमा जानकारी मागेको हो । यद्यपि सेबोनले कम्पनीको अनुसन्धान २ महिनाअघि सकाएको बताइएको हालसम्म प्रतिवेदन सार्वजनिक गरेको थिएन ।
मन्त्रालयको पत्रमा के कारणले प्रतिवेदन सार्वजनिक गरिएन ? अनुसन्धानको निष्कर्ष के रह्यो ? लगायत विषयमा जानकारी मागिएको बताइएको छ । एउटै ब्रोकरबाट २५ प्रतिशतभन्दा बढी कारोबार हुनु, कमजोर मानिएको कम्पनीको भाउमा ९.९६ प्रतिशतको वृद्धि हुनु र पूँजी थपदेखि चुक्तापुँजी ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने भन्दै साधारणसभामा एजेन्डा राखिएको सूचना आएपछि कम्पनी सेयरमा चलखेल भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्