काठमाडौँ । सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन थालेको छ । पदको दुरुपयोग गर्दै उनले निष्कासन नै नभएको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी छोरी रेबिका ढुंगानाको नाममा १० हजार बढी कित्ता खरिदपछि विवादमा तानिएका उनीमाथि अख्तियारले निगरानीमा राखेर छानविन थालेको हो ।
अर्थ मन्त्रालयले उनलाई स्पष्टिकरणको पत्र काट्नु अगाडी नै अख्तियारले छानविन थालेको बताइएको छ । यसो त मन्त्रालय उनलाई लिखित तथा मैखिक स्पष्टिकर सोधेको थियो । केहि समय अघि अध्यक्ष ढुंगानाले ५१ कम्पनीको नामै तोकेर लगानीको लागि जोखिम भन्दै विज्ञप्ति सार्वजनिक गरेसँगै अख्तियारले सो बिषयमा आर्थिक खेल भएको हुन सक्ने भन्दै अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारमासमेत ढुंगानाविरुद्द उजुरी परिसकेको थियो ।
यस्तै ढुंगानासँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पनि आफ्नी श्रीमतीको नाममा सो कम्पनीको सेयर किनेको तथ्य भेटिएको थियो । साउदलाई पनि अर्थ मन्त्रालयले ३ दिने स्पष्टिकरण सोधी सकेको छ ।
यता नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले पनि बोर्ड अध्यक्ष ढुंगाना र संचालक ढकाललाई निलम्बन गरी छानविन गर्न माग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्