काठमाडौँ । एनआईसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बौद्धस्थित बनको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरी सिन्धुपाल्चोकको भोटेचौर घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई पक्राउ गरेको हो ।
बुधबार रातिको साढे १ बजेतिर बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।