×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू र सम्यक डाईग्रोष्टिक प्रा.लिबीच सम्झौता, ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने

GLOBAL IME BANK
SHREE KESH

बैंक अफ काठमाण्डू र सम्यक डाईग्रोष्टिक प्रा.लिबीच सम्झौता, ग्राहकहरुले १० प्रतिशतसम्म छुट पाउने

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू र सम्यक डाईग्रोष्टिक प्रा.लिबीच सम्झौता भएको छ । बैंक अफ काठमाण्डू र सम्यक डाईग्रोष्टिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० सम्म प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौताअनुसार ग्राहकहरुले सम्यक डाईग्रोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग गरे वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्यक डाईग्रोष्टिकले काठमाडौं उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकि सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: