×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकिङ कसुरको मुद्दामा फरार रहेका चार जना प्रतिवादी पक्राउ, कसलाई कति जरिवाना लगाईयो ?

मकवानपुर। बैंकिङ कसुरको मुद्दामा फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुर राक्सिराङ गाउँपालिका- ५ का कौशिमाया स्याङतान, मकवानपुर बकैया गाउपालिका-६ का गंगा लामा, बकैया गाउँपालिका-३ का शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिका -७ बस्ने दशरथ अर्याललाई सो मुद्दामा पक्राउ गरेको हो ।
उच्च अदालत पाटन हेटौंडाको २०७७ भाद्र १३ गतेको फैसलाले स्याङतानलाई १० दिन कैद र ४ लाख जरिवाना, अदालत हेटौंडा र उच्च अदालत पाटन हेटौंडाको फैसलाले लामालाई ३ लाख जरीवाना, मकवानपुर अदालत  हेटौंडाको फैसलाले २ हजार जरिवाना र चितवन जिल्ला अदालतको फैसलाले अर्याललाई २ हजार जरिवना सुनाएको थियो ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयले मकवानपुर जिल्ला अदालतमा उपस्थित गराइएको जनाएको छ । बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: