काठमाडौँ । नेपाल धितोतपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पनि पदबाट राजिनमा दिने भएका छन् । पछिल्लो समय विभिन्न विवादमा तानिएका उनले राजिनामापत्र तयार गरिसकेका छन् ।
यसैबीच उनले मंगलबार आफु निकटहरुलाई बोलाएर आफुले राजिनामा दिने निर्णय गरेको बताईएको छ । ‘म जाँदैछु, तपाईंहरु राम्रो गर्नूस्’ उनलाई उदृत गर्दै उनि निकट स्रोतले भन्यो, ‘ढुंगाना सरले राजिनामा दिने निश्चितप्राय भएको छ ।’
यसैबीच नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले पनि आज पदबाट राजिनामा दिएका छन् । साउद आफ्नी श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेपछि विवादमा तानिएका थिए । सोहि कारण कार्यकाल नसकिंदै उनले आज राजिमाको घोषणा गरेका हुन् ।
https://arthasarokar.com/2021/08/bhismaraj-dhungana-2.html
यता ढुंगाना पनि आफ्नी छोरीका नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेपछि विवादमा तानिएका थिए । ढुंगाना र साउद दुबैलाई अर्थ मन्त्रालयलेसमेत स्पष्टीकरण सोधेको थियो भने संसदको अर्थ समितिका सदस्यहरुले दुवैलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।