काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका भाई मणि ढुंगाना र बुहारी रोशन ढुंगानाका नाममा पनि सर्वोत्तम सिमेन्टको सेयर भेटिएको छ । आफ्नी छोरीको नाममा सिमेन्टको सेयर खरिदपछि विवादमा तानिएका ढुंगानाको भाई र बुहारीको नाममा पनि सेयर भेटिएको हो ।
अध्यक्ष ढुंगानाका भाइको नाममा सर्वोत्तमको १७ हजार ८६८ कित्ता र बुहारीको नाममा ५ हजार ८५६ कित्ता सेयर रहेको पाइएको हो । मणि ढुंगानाको अभिभावकको नाममा नन्दराज ढुंगाना र रोशन ढुंगानाको अभिभावकमा भीष्मराज ढुंगाना उल्लेख गरिएको छ।
यसअघि अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता सेयर रहेको खुलेको थियो । ढुंगानालाई सम्बन्धित निकायले बोलाएर स्पष्टीकरण सोधिसकेका छन् । तर उनले भने विवाहित छोरी नाममा सेयर खरिद गर्दा आफ्नो गल्ति नभएको जिकिर गर्दै आएका छन् ।
यता यस प्रकरणमा तानिएका नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र धितोपत्र बोर्डका संचालक चन्द्र ढकालले राजिमा दिइसकेका छन् । भाई र बुहारी कम्पनीको सेयर भेटिएपछि ढुंगानामाथि पनि राजिनामाको दबाब परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्