×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढुंगाना र साउदलाई तत्काल वर्खास्त गर्न अर्थ समितिको सरकारलाई निर्देशन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ढुंगाना र साउदलाई तत्काल वर्खास्त गर्न अर्थ समितिको सरकारलाई निर्देशन !

Artha Sarokar

४ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्जका सीइओ चन्द्रसिंह साउदलाई तत्काल वर्खास्त गर्न सरकारलाई निर्देशन दिएको छ । सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ खरिद प्रकरणमा मुछिएका उनीहरुलाई पदमै राखेर अनुसन्धान गर्दा अझै चलखेल गर्न सक्ने र अनुसन्धान प्रभावित हुनसक्ने भएकाले पदबाट बर्खास्त गरेर अनुसन्धान थाल्न सांसदहरुले माग गरेका हुन् ।
पदको दुरुपयोग गर्दै  ढुंगानाले आफ्नी छोरीका नाम र साउदले आफ्नी श्रीमतीका नाममा हजारौं कित्ता सेयर किनेर राखेको पाइएको थियो । त्यसपछि उनीलाई अर्थ समितिमा बोलाएर छानविन पनि गरिएको थियो । सो बैठकमा ढुंगाना र साउदले सो कम्पनीको ओटीसी सेयर किनेको बताएका थिए ।
ढुंगानाले विवाहित छोरीको नामको सेयर आफुसंग सम्बन्धित नभएको र सो सेयर आफ्नो परिवारका व्यक्तिको नाममा गणना नहुने अभिव्यक्ति बैठकसामु दिएका थिए भने साउदले कुनै पनि कम्पनीको ओटीसी सेयर किन्न आफुलाई कुनै  कानुन, ऐनले नरोकेको अभिव्यक्ति दिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी